सुधार केन्द्रका सञ्चालक नै गाँजासहित पक्राउ परे

काठमाडौं: सुधार केन्द्रका सञ्चालकलाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुर र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलीले हेटौँडा ९ मा रहेको दीपकला प्रतिष्ठान सुधार केन्द्रका सञ्चालक राजिव नरसिंह श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो।
हेटौँडा ४ का ३५ वर्षीय राजिव र २८ वर्षीय जोएल श्रेष्ठसँगै बसेको अवस्थामा जाँच गर्दा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार केन्दका सञ्चालक राजिवको पाइन्टको खल्तीबाट २ ग्राम गाँजा र कोठाको भित्तामा झुण्डाएर राखेको ज्याकेटबाट १ ग्राम गरी ३ ग्राम गाँजा बरामद भएको छ।
दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर देवेन्द्र दासले जानकारी दिए।

