सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाई बचाउ अभियानको रकम हस्तान्तरण

२०७५ कार्तिक १५, ०६:३३ खबर संवाददाता

दिनेश एफएमले सञ्चालन गरेको गाई बचाउ अभियानको रकम लक्ष्मी नारायण मन्दिरका प्रमुख स्वामी श्री १००८ देवराज आचार्यलाई हस्तान्तरण गरिएको छ । दिनेश एफएमको खातामा रहेको रकम आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । एफएमकी मार्केटिङ प्रमुख संञ्जिता कुँवरले मन्दिर प्राङगणमा आयोजना गरिएको कार्यक्रममा दुई लाख ४ हजार २३५ रुपैयाँको चेक स्वामी आचार्यलाई हस्तान्तरण गरिन् । सो रकम गाई अभियानको लगत्तै खातामा राखिएको रकम मन्दिरलाई हस्तान्तरण गरिएको छ । धनगढीमा गाईहरुको वेहाल भएर मर्न थालेपछि त्यसको संरक्षणका लागि सो रकम खर्च गरिने लक्ष्मी नारायण मन्दिरले जनाएको छ । स्वामी देवराज आचार्यकै संयोजकत्वमा गाई संरक्षण समिति वनाईएको थियो । दिनेश एफएमले गाई वचाउ अभियान सञ्चालन गर्दै विभिन्न दाताहरुबाट सो रकम संकलन गरिएको थियो । 

कमेन्ट लोड गर्नुस