सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरीमाथि पटक-पटक बलात्कार प्रयास, बुवा पक्राउ

२०७८ असार २०, ०३:४६ खबर संवाददाता

काठमाडौँ: आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्। घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए। पीडित बालिकाले सो जानकारी प्रहरी कार्यालयमा गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुवामाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा थप अनुसन्धान अघि बढाएको छ। प्रहरी उपरीक्षक कार्कीका अनुसार बुवाले छोरीमाथि पहिले पनि यौन दुर्व्यवहार तथा करणीको प्रयास गरेका थिए। तर आफ्नै बुवा भएको र इज्जत जाने डरका कारण कसैलाई भनेकी थिइनन्।

प्रहरीले जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस