सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको दोस्रो जित

२०७५ कार्तिक १५, ०५:०७ खबर संवाददाता

एक्सपर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित निकालेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहेको बुटवल ब्लास्टरलाई २० रनले हराउँदै धनगढीले दोस्रो सानदार जित निकालेको हो । यो जितसँगै धनगढी सहभागी ५ टीमको समान ४÷४ अंक जोड्दा रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ६१ रन बनायो । ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०÷१० रन बनाउँदा आउट हुँदा तेस्रो विकेटको रुपमा पिटर टे«गो १४ रन बनाए आउट भए । चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा ठुलो १ सय ८ रनको साझेदारी गरेपछि धनगढीले सम्मानजनक स्कोर खडा गरे । लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाए । बुटवलका विपिन खत्रीले दुई तथा रोहन मुस्तफा र अविनाश बोहराले एक÷एक विकेट लिए । 


पोखरा रंगशालाको मैदानमा १ सय ६२ को लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दा ६ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो । बुटवलका दुवै ओपनर रन आउट भए । सागर पुन १ रन बनाउँदा र रोहन मुस्तफा २० रनमा आउट भए । चिराग सुरीले ५४ बलमा ७९ रन बनाए । भीम सार्की ५ रन बनाउँदा र शंकर राना शून्यमै आउट भए । सिद्धान्त लोहनीले १२ रन बनाए । सोमपाल कामीले १२ रन बनाए । धनगढीका सागर ढकालले दुई र डान लोरेन्स र कमल सिंह ऐरीले एक एक विकेट लिए ।धनगढी ब्लुजले अब लिग चरणको अन्तिम खेलमा भोलीे पोखरा पल्टन विरुद्ध खेल्नेछ । धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । यसका ग्लोबल प्रवन्ध निर्देशक एवम् मालिक सन्जिव शर्मा र बद्री अर्याल रहेका छन् । टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवाश प्रधान रहेका छन् । यसको शाखा धनगढीमा रहेकोले यो क्षेत्रलाई चिनाउनका लागि धनगढीकै नाम आउने गरी एक्सपर्ट धनगढी ब्लुजको नामवाट प्रतियोगितामा सहभागीता जनाएको धनगढीका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । एक्सपर्ट धनगढी ब्लुजलाई एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन र एजुकेशन सेन्टर अफ अष्ट्रेलिया सह प्रायोजन गरेका छन् । 

 

कमेन्ट लोड गर्नुस