उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाडैं : मून

२०७५ कार्तिक १५, ०५:०३
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण जाने भएका छन। गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति जनाएका थिए। तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन। सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए।
रासस


कमेन्ट लोड गर्नुस