सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’

२०८२ जेठ १, ०३:११ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्धारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ।

धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले एनिमल सेल्टर स्थापना गरेका हुन्।

बेवारिसे कुकुरको लागि छाना र खानाको व्यवस्थापनसहितको एनिमल सेल्टर स्थापना गरिएको वडाध्यक्ष शाहीले बताए। ‘भर्खरै मेरो विवाहको कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने, ‘विवाहको खर्च कटाएर बेवारिसे कुकुरको उद्धारका लागि एनिमल सेल्टर स्थापना गरिएको हो। कुकुर धार्मिक हिसाबले पनि हामीसंग जोडिएको हुन्छ भने इमानदार जनावर पनि हो। बेवारिसे कुकुरलाई आश्रयसँगै उपचारको व्यवस्था पनि यहाँ हुन्छ।’

सेल्टरमा चराका लागि पनि आश्रम स्थल बनाइएको छ।

 

कमेन्ट लोड गर्नुस