काठमाण्डौमा कार्तिक २७देखि ३० गतेसम्म राप्रपाको महाधिवेशन

काठमाडौँः काठमाण्डौमा कार्तिक २७देखि ३० गतेसम्म राप्रपाको महाधिवेशन हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आगामी २०७८ साल कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा हुने भएको हो। पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले महाधिवेशनको कार्यतालिकासमेत तय गरेको छ।
विज्ञप्तिका अनुसार वडा, गाउँ, नगर, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गरिनेछ।
त्यस्तै सक्रिय सदस्यता वितरण– २०७८ भाद्र मसान्त सम्म, सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने– २०७८ असोज ७ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन– २०७८ असोज २० गतेसम्म, प्रदेश कार्य समितिको निर्वाचन– २०७८ असोज १५ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ।

