सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुंग्रो प्रहार गरी ओछ्यानमै श्रीमतीको हत्या

२०७८ असार १९, ०४:३१ खबर संवाददाता

काठमाडौं : काठको मुंग्रो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले मोरङबाट श्रीमानलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।

घिमिरेले ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर काठको मुङ्ग्रोले हानेर एउटै ओछ्यानमा सुतेकी श्रीमतीको हत्या गरेर फरार बनेको उनले बताए। 

कमेन्ट लोड गर्नुस