पहिरोले ट्रक पुरेपछि २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं: अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर अन्य ६ जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा गएराति अन्दाजी १/२ बजे खसेको पहिरोमा पुरी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर रञ्जन अवाले जानकारी दिए।
ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको उनले जानकारी दिए।
उनका अनुसार, भारतका ५५ वर्षीय राजेश कुमार, वर्ष ७ का सुगम कुमार, वर्ष २७ का सन्देश कुमार, २५ राजा कुमार घाइते भएका छन्। उनीहरूको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का वर्ष ४० का हरी बहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजाको चितवनको एक अस्पतालमा उपचार जारी छ।
बाटोमा रहेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

