सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा करेन्ट लागेको १२ दिनपछि एक पुरुषको मृत्यु

२०७८ असार १८, ०६:३१ खबर संवाददाता

धनगढी : डोटीमा करेन्ट लागेको १२ दिनपछि एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ५१ बर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

असार ६ गते विहान घर नजिकै घाँस काट्ने क्रममा रुखको हाङ्गोले बिजुलीको तारलाई छोएपछि थापालाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। उपचारका लागि धनगढीको निुर्ग अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी निरिक्षक रविन्द्र चन्दले बताए।

अस्पतालले पनि उनको उपचार सकिएपछि घर पठाएको चन्दले दिनेशखबरलाई बताए। तर करेन्ट लागेको १२ दिनपछि थापाको आज विहिन आफ्नै घरमा मृत्यु भएको हो। थापाको मृत्यु भएपछि स्थानीय समेत आक्रोसित भएका थिए। तर कानून बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने विद्युत कार्यालय र स्थानीयबिच सहमति भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस