सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय आविस्कार केन्द्रको पहलमा मिनी अक्सिजन प्लान्ट जडान

२०७८ असार १८, ०६:२० खबर संवाददाता

सल्यान: सल्यानको बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ को महामारीबीच संक्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको आइसोलेसन केन्द्रमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको हो।

राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए।

मिनी अक्सिजन प्लान्ट जडानपछि  संक्रमितलाई अक्सिजनको आवश्यकता पर्दा अभाव नहुने उनको भनाई छ। एक मिनेटमा ६७ लिटर अक्सिजन उत्पादन हुने र एकैसाथ १२ वटा बेडमा बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य शाखा प्रमुख हरि कठायतले बताए।

विभिन्न उपकरणको प्रयोगमा सात वटा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन पाइप मार्फत बेडमा पु¥याइएको कठायतले बताए। 
 

कमेन्ट लोड गर्नुस