फेसबुकमा पीडा पोख्दै बर्खास्त एसपी विष्ट

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज विष्ट समाजिक सञ्जाल फेसबुक मार्फत पीडा पोख्न थालेका छन्।
आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमान्तदारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको उल्लेख गरेका छन्। उनले असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको तर निष्ठा र स्वाभिमानको अन्त्य नभएको कुरा पनि आफ्नो स्ट्याटसमा लेखेका छन्।
खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरा समेत उनको फेसवुक स्ट्याटसमा उल्लेख छ। विष्टले एक घण्टाको अवधीमा ६ वटा स्टाटस लेखेका छन्।
निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले गत कार्तिक ८ गते उनलाई र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको थियो।
साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो।


