सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा खाद्यान्न अत्पादनमा कमी

२०७८ असार १८, ०६:०२ खबर संवाददाता

धनगढी: दार्चुलामा खाद्यान्न अत्पादनमा कमी आउन थालेको छ। पछिल्लो समय जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएको हो।

कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार खाद्यान्न कम उत्पादन हुन थालेपछि बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको छ। जिल्लामा वार्षिक २७ हजार ५ सय ८७ दशमलव ७ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने र उत्पादन भने २२ हजार ३९१ मेट्रिक टन मात्र हुने गरेको बताइएको छ।

वार्षिक ५ हजार १ सय ९६ दशमलब ७ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखाउँछ। जिल्लामा २ लाख ३२ हजार २ सय हेक्टर क्षेत्रफल जमिन रहेकोमा २९ हजार ५ सय ४४ हेक्टर क्षेत्रफलमा मात्रै खेती गर्न सकिन्छ। यसरी हेर्दा १२ दशमलव ७२ प्रतिशत मात्र जमिन खेतीयोग्य देखिन्छ। 
 

कमेन्ट लोड गर्नुस