सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको पर्यटकिय स्थल र जात्रा पाठ्यक्रममा समेटिए

२०७८ असार १७, ०३:१२ खबर संवाददाता

दार्चुला: पाठ्यक्रम विकास केन्द्रले सुदूरपश्चिमको पर्यटकीय स्थलहरुको शिर्षकमा दाुर्चलाको सिद्ध टोपी क्षेत्र र जगेनी जात्रालाई पाठ्यक्रमा समावेश गरेको छ। 

जिल्लाको दुहुँ गाउँपालिकाको सिद्ध टोपीको बारेमा कक्षा ६ को नेपाली विषयमा पाठ्यवस्तु बनाएर राखेको छ। त्यस्तै व्याँस गाउँपालिका–६ हुतीको ब्रह्मामाण्डौमा हुने जगेनी जात्रालाई कक्षा ४ को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ।

सिद्ध टोपी सुदूरपश्चिम प्रदेशको पर्यटकीयस्थल हो। यो अपि नाम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्दछ। समुद्री सतहबाट ४ हजार फिट उचाईसम्म अवस्थित यो ठाउँबाट नेपाल लगायत भारतका विभिन्न शहरहरुको अवलोकन गर्न सकिन्छ। 
सिद्ध टोपीमा तीन ओटा ठूला तालहरु छन्। तीनीहरुलाई ब्रह्म दह, पासा दह, र टोटी दह भनिन्छ। 

यस्तै जगेनी जात्रा मंसिर र पुष महिनामा शुक्लपक्षदेखि तीन दिनसम्म मनाइने गरिन्छ। यो जात्रामा जुमा धौलाकोट र हुतीका स्थानीय सहभागी हुने गर्छन्। 

कमेन्ट लोड गर्नुस