सुदूर नेपाललाई विश्वसँग जोड्दै

२१ बर्षपछि गीत गाउन स्टुडियो फर्किए तिलक पेला

२०७५ कार्तिक १४, ०७:०३ नवराज पनेरु

२०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गित रेकर्ड गराउनका लागि राजधानी काठमाडौँ पुगेका तीलक पेलालाई पहिलो गित ‘लुकाउन खोज्दा पनि’ बाटै चर्चित बनायो। उनको त्यो गीत सुनने श्रोताको कमि २१ बर्ष सम्म पनि भएको छैन्। अहिले पनि लुकाउन खोज्दा पनि आसु नखसेको होईन बोलको गीत आधुनिक सङ्गीतमा निकै चल्तीको गितको सुचिमा पर्छ। २०५४ सालमा आसु एल्वममा समेटिएको यो गीतसंगै सोही एल्वममा समेटिएका अन्य गीतले पनि पेलालाई चिनायो। 

पहिलो एल्वमकै गीत चर्चित भए तर पेला २१ बर्ष सम्म गीत गाउँन फेरी स्टुडियो छिरेनन्। अन्तिम पटक उनको स्वरमा आँशु एल्वमको “कहानी बनेन केही यस्तै भो मेरो जिन्दगी“ रेकर्डिङ  गरिएको थियो। ७ वटा गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएपछि पेला २१ बर्ष सम्म गीत गाउनका लागि स्टुडियो नछिरेका हुन्। ‘आँसु’को दोस्रो भाग पनि सार्वजनिक भएको थियो भने आफ्नो जन्मभूमिप्रति समर्पित गरेर ‘विछोडको आँसु’ नामक एल्बम मातृभाषामै सार्वजनिक गरे।

ठीक २१ वर्षपछि नयाँ गीत र गजल रेकर्डिङका लागि पेला स्टुडियो छिरेका छन्। गजलकार सन्जय जुग्जालीको गजल “हरेक दिन साँझ फर्केर आउँछ“ गीत गाउन गायक पेला म्युजिक नेपालको स्टुडियोमा छिरेका हुन्। २१ बर्षपछि स्टुडियो छिरेका उनले फेरि ८ वटा गीत र गजलहरुमा स्वर दिएका छन्। 

 

तर २१ बर्ष सम्म उनी संगीतबाट टाढा भने थिएनन्। संगीत साधनाको मार्गमा उनी व्यस्त रहे। २१ ब्र्ष अगाडी सुदूपश्चिमको कलाकारले आधुनिक गित गाउँछ भन्दा साङगीतिक क्षेत्रका धेरै हस्तीहरुले समेत मजाकको विषय बनाउथे। सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा गीत बाहेक अन्य गितमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि थियो। सोही बेला तीलक पेलाको आधुनिक संगीतमा ईन्ट्रि भएको थियो। 
उनले ईन्ट्रि मात्रै गरेनन कि सुदूरपश्चिमको कलाकारले आधुनिक गीत गाउन सक्दैनन भन्ने मानसिकता तोड्ने प्रण पनि लिए। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, वडा नम्वर ६ मा जन्मीएका पेलाको नाम त्यतिबेला नै सुदूरपश्चिमबाट आधुनीक एल्वम निकाल्ने पहिलो कलाकारको सुचिमा प¥यो। 
काठमाडौँमा सङ्गीत विधामा ‘सङ्गीत प्रवीण’ तह र भारतको इलाहावाद स्थित प्रयाग सङ्गीत महाविद्यालयबाट सङ्गीतमा ‘आचार्य’को उपाधि प्राप्त गरेका गायक तथा सङ्गीतकार पेलालाई साङगीतिक क्षेत्रमा लाग्ने जागर र जोस भने जन्मथलो बैतडीमा हुने रामलिलाबाट प्राप्त भएको थियो। 
२१ बर्ष सम्म पेलाले, काठमाडौँमा ‘श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला’ स्थापना गरी सङ्गीत शिक्षाको ज्योति छरिरेहे। पेलाबाटै संगीत सिकेका धेरै गायक गायीका बनिसकेका छन्। 
२१ बर्षपछि गीत गाउन स्टुडियो छिरेका पेलाले अव निरन्तर रुपमा गीत बजारमा ल्याउने बताए। 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस