सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अर्थमन्त्री शाहले छुट्याए आफ्नै कुलदेवताको मन्दिरलाई १ करोड

२०७८ असार १७, ०२:४६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मन्दिर निर्माणका लागि १९ करोड बढी बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर भने २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन्। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन भएको छ। बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो।

ज्यूलेख मन्दिर मन्त्री शाहको कुल देवताको मन्दिर रहेको एक स्थानीयले बताए। चालू आर्थिक वर्षमा २ सय ७० मन्दिरका लागि २४ करोड बढी बजेट मन्दिरमा विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि भने विगतभन्दा कम १९ करोड छुट्याएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए।

‘समग्र रुपमा सुदूरपश्चिम धार्मिक पर्यटनको गन्तव्य हो,’ उनले भने, ‘मन्दिरको बजेट विगतकै निरन्तरता हो। तर पनि यो वर्ष बजेट घटाइएको छ।’

सम्बन्धित समाचार :
सुदूरपश्चिम सरकारको मन्दिर मोहः २२१ मन्दिरका लागि १९ करोड

 

कमेन्ट लोड गर्नुस