सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय योजना आयोगको सदस्यमा गिरी नियुक्त

२०७८ असार १७, ०१:१३ खबर संवाददाता

धनगढी: राष्ट्रिय योजना आयोगको सदस्यमा बाजुराका राज बहादुर गिरी नियुक्त भएका छन्। सरकारले दुई रिक्त पदमा सोमबार एक जनालाई मात्रै नियुक्त गरेको हो।

नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएसँगै माओवादी कोटाबाट सदस्य बनेका डा.रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई हटाइएको थियो। गिरीलाई आयोगमा कुन क्षेत्र दिने भन्ने टुङगो लागेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सिफारिसमा गिरीलाई सदस्यमा नियुक्त गरेको हो। गिरीको घर भने बाजुरा हो।

गिरीले आफु नियुक्त भएपछि पछाडि परेका क्षेत्रलाइ समुद्ध बनाउने योजना निर्माण गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस