कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सूचना अधिकारीविरुद्ध उजुरी

२०७८ असार १७, १०:१०
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सूचना अधिकारीविरुद्ध उजुरी दर्ता गरिएको छ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम माग गरिएको सूचना उपलब्ध नगराएको भन्दै कार्यालय प्रमुखसमक्ष उजुरी दर्ता गरिएको हो। गत जेठ २८ गते दिनेशखबरले सूचना अधिकारी प्रेम बोगटीविरुद्ध उजुरी दर्ता गरेको हो। नगरपालिकाले कार्यान्वयन गरेका विकास योनजाको विवरण, खर्च तथा सम्झौताको प्रतिलिपि माग गरिएको थियो।



कमेन्ट लोड गर्नुस