सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको देवल विमानस्थलको सुरक्षाका विषयमा छलफल

। फोटो स्रोत ।
२०७८ असार १७, ०५:४१ रासस

बझाङ: बिहीबारदेखि हवाई सेवा सञ्चालन हुने भएपछि बझाङको देवल विमानस्थलको सुरक्षाको विषयमा सरोकारवालासँग छलफल गरिएको छ। 

बिहीबारदेखि नियमित हवाई सेवा सुरु हुने भएपछि समिट एयरलाइन्स धनगढी—बझाङ सञ्चालक समितले बुधबार सरोकारवालासँग सुरक्षा तथा विमानस्थलमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरेको छ। सो अवसरमा देवल विमानस्थलका प्रमुख भानुभक्त आचार्यले सुरक्षामा केही सुधार भए मात्र हवाई सेवालाई निरन्तरता दिन सहज हुने बताए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले प्रहरीले मात्र विमानस्थलमा सुरक्षा दिन नसक्ने भएकाले स्थानीयवासीले पनि सहयोग गर्न जरुरी हुन्छ भने। एयरलाइन्सका सञ्चालक किशोर खड्काले आज बिहीबारदेखि धनगढी, बझाङ र नेपालगन्जमा नियमित उडान गर्ने जानकारी दिए।

कमेन्ट लोड गर्नुस