सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गन्धित बन्यो धनगढीको मुख्य बजार (फोटोसहित)

२०७८ असार १६, ०९:२८ विन्दु चन्द

धनगढीः कोरोना भाइरस महामारीका कारण लगाइएको निषेधाज्ञा खुकुलो पारिएको छ। 

बुधबारदेखि सबै प्रकारका पसलहरु खुलिसकेका छन्। व्यापार–व्यवसाय र सवारीसाधन खुलेसँगै धनगढीको मुख्य बजारमा चहलपहल बढेको छ। 

निषेधाज्ञाले सुनसान बनेको धनगढी दुई महिनापछि खुलेको हो। तर व्यापार व्यवसाय खुलेपछि धनगढीको मुख्य बजार भने फोहोर र दुर्गन्धित बनेको छ। 

साँझको समयमा हरेक पसलका अगाडीे प्लाष्टिक थुप्रो देख्न सकिन्थ्यो। पसल अगाडी लहरै फलिएका प्लास्टिकले बजार दुर्गन्धीत बनेको छ भने, प्रदूषण पनि बढाएको छ। 

ट्राफिक चौराहादेखि एलएन चौक हुँदै फुलबारी जोड्ने मुख्य सडकमा फोहोरै फोहोरको डगुँर  देख्न सकिन्थ्यो। यसमा व्यापारीहरुको लापरवाही देखिन्छ। 

पसल अगाडी फोहोर फाल्ने भाँडो (डस्टविन) समेत राखिएको छैन। कुनै ठाउँमा डस्टविन राखिएको भएपनि डस्टविनमा नभई अव्यवस्थित रुपमा जताततै फोहोर फलिएको पाइएको छ। जसले गर्दा धनगढी बजारको सौन्दर्यता नै हराएको छ। 

त्यसमाथि छाडा चौपाया र छाडा कुकुरहरुले फोहोरका डगुंर छरिदिने गरेका छन्। धनगढी उप–महानगरपालिकाले दिनेश खबरसँग सोमबार १४ गते कुरा गर्दै भोलिदेखि नै छाडा चौपायाको व्यवस्थापन गर्ने भनेका थिए। 

तर सडकमा देखिने चौपायाको अझै व्यवस्थापन गरिएको छैन। सडकबीचमा बाक्लो संख्यामा छाडा चौपाया हिँडेको देखिन्छ। जस कारण दुर्घटनाको जोखिम पनि बढेको छ भने, सवारी साधनको ठक्करबाट दर्जनौ चौपाया अपागं भएका छन् धेरै चौपाया मरेका घटना पनि छन्। 

पसल व्यवसायीहरु त लापरपवाही छन् नै त्यसमाथी धनगढी उप–महानगरपालिका पनि मुकदर्शक बनेको छ। फोहोर व्यवस्थापनका लागि हरेक पसल व्यवसायीहरुले पसल अगाडी डस्टविन राख्न अनिवार्य देखिन्छ। यस तर्फ धनगढी उपमहानगरपालिकाले पनि ध्यान दिन जरुरी देखिन्छ। भने जतिसक्दो चाँडो छाडा चौपायाको व्यवस्थापन गर्न पनि जरुरी छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस