सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता महरद्वारा डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ असार १६, ०६:१८ रासस

डडेल्धुरा: नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

कोरोना भाइरसको सङ्क्रमण वढीरहेकै बेला नेता महरले सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर, सिलिण्डार, मास्क, ग्लोव्स,  फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटर लगायतका सामाग्री हस्तान्तण गरेका हुुन्।   

सहयोगले कोरोना महामारीको चपेटामा परेका बिरामीलाई राहत पुग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। कांग्रेस युवा नेता महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको जनाइएको छ।

 विभिन्न संस्था र साथीको सहयोगमा सामग्री हस्तान्तरण गरेको महरले बताए।
 

कमेन्ट लोड गर्नुस