सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

२०७८ असार १६, ०५:५३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको डडेल्धुरा अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।

बुधबार राप्रपाको पहलमा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको हो। अस्पतालका अध्यक्ष करुणाकर ओझा र निमित्त मेसु डा. जगदीशचन्द्र विष्टलाई ती सबै सिलिन्डर हस्तान्तरण गरेको राप्रपाका केन्द्रीय सदस्य टेकराज पनेरूले बताए।

 राप्रपा कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा हङकका अर्वपति सेयन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले सहयोग गरेको १५ थान अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस