डडेल्धुराको झारकाँडा गाउँमा खानेपानीको समस्या, वर्षौदेखि नौलाको पानी खाँदै स्थानीय

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको झारकाँडा गाउँवासीलाई सधै खानेपानीको समस्या हुने गरेको छ।
खानेपानी नहुँदा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको झारकाँडा गाउँका करिब १० घरपरिवार वर्षौदेखि नौलाको पानी खान बाध्य रहेको छन्।
नौलाको फोहोर खानेपानी प्रयोग गरिरहेको झारकाँडावासीलाई सरसफाई तथा गाईगोरुलाई समेत पानी खुवाउन समस्या भइरहेको छ।
वर्षातको समयमा नौलाको सतह बढ्दा केही सहज हुने गरेको भएपनि गर्मीको समयमा भने एक गाग्री पानीका लागि दिनभर पालो कुर्नुपर्ने समस्या आइपर्ने स्थानीय बिर मगरले बताए।
जिल्लाकै दुर्गम क्षेत्रमा रहेको यो गाउँमा खानेपानीको समस्याका कारण गाईगोरु पाल्न समस्या हुने गरेको उनले बताए।

