सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८ असार १६, ०३:१२ खबर संवाददाता

धनगढी : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार साझ करेन्ट लागेर जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीका ३० वर्षीय खुसीराम चौधरीको मृत्यु भएको हो ।

खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। 

कमेन्ट लोड गर्नुस