सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि मन्त्री श्रेष्ठलाई प्रतिवेदन

२०७८ असार १६, १२:१४ खबर संवाददाता

धनगढी: कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि संघीय सरकारका वन तथा वातावरण मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई प्रतिवेदन बुझाइएको छ।

जिल्लाका आरक्षपीडितको पुनर्स्थापनाका लागि गठित सुरेन्द्र बम नेतृत्वको शुक्लाफाँटा आयोगले मंगलबार मन्त्री श्रेष्ठलार्ई प्रतिवेदन बुझाएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआब्जा उपलब्ध गराउने कार्यदलको प्रतिवेदन मन्त्रीलाई बुझाएका हुन्।

आयोगका अध्यक्ष बमका अनुसार प्रतिवेदनमा आरक्षपीडित परिवारलाई कम्तिमा १० कट्टा जमिन र सो हुन नसके ६० लाख रुपैयाँ राहत दिनुपर्ने प्रस्ताव अघि सारिएको छ। प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सरकारले पीडितको समस्या सम्बोधन गर्ने आवश्वासन दिएका बताइएको छ।

कमेन्ट लोड गर्नुस