सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर नगरपालिकामा तालाबन्दी

२०७८ असार १६, ११:४४ खबर संवाददाता

कैलाली: कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ। वडा नम्बर १ वनगाउँवासीले वडा विभाजनको विषयमा असहमति जनाउँदै बुधबार नगरपालिकामा तालाबन्दी गरेका हुन्।  

उनीहरुले नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग राखेका छन्। नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ।  

९ वटा वडा रहेको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ।

वनगाउँमा थारु समुदायको बसोबास रहेको छ। उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन्। 

नगरपालिकाको वडा नम्बर १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ। त्यहाँ ५० हजार जनसंख्या रहेको छ। 

कमेन्ट लोड गर्नुस