सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई महिनापछि चल्न थाले सार्वजनिक यातायात

२०७८ असार १६, ०९:१३ खबर संवाददाता

धनगढी : कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएसँगै कैलालीमा बन्द भएका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आएका छन्। संक्रमणको जोखिम कम गर्न जिल्लामा लागू गरिएको निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएसँगै जोरबिजोरमा सार्वजनिक यातायात चल्न थालेका हुन्।

गत वैशाख १६ देखि कैलालीमा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन। सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले स्वास्थ्य मापदण्ड पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न आदेश दिएका थिए । 

जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ ।अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ। 

कमेन्ट लोड गर्नुस