सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तामाको अचार खाएकी महिलाको मृत्यु

२०७८ असार १५, ०८:०५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा तामासहितको अचार खाएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० कि ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको महाकाली उप(प्रादेशिक अस्पतालले जनाएको छ। 

महाकाली अस्पतालका डाक्टर मनोज भट्टका अनुसार मृत्यु भएकी महिलाको परिवाले तिन दिन अगाडि मासु चिउरासहित बाँसको तामाको अचार खाएका थिए। अचार खाएपछि मृत्यु भएकी महिला र उनको परिवारका अन्य ४ जना समेत बिरामी भएका थिए। 

झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनीहरु मध्ये महालक्ष्मीको उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको हो।  शरीरमा पानीको मात्रा कम हुँदा अचेल अवस्थामा रहेकी महिलाको आइसीयुमै मृत्यु भएको डाक्टर भट्टले बताए।

अचार खाएका पविारका दुई बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको छ। यस्तै बाँकी परिवारका दुई सदस्यको भने महाकाली अस्पतालमा उपचार भइहेको अस्पताल प्रशासनले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस