सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मंगलबार ८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

२०७८ असार १५, ०६:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ। यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित निको भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा १३ यस ३२ नमुना परीक्षण गरिएको छ। जसमध्ये ८२ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा ९३ जनाको नमूना परीक्षण गर्दा २८ जना, महाकाली अस्पतालमा २८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा, डोटी अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा १ जना, बैतडी अस्पतालमा ९३ जनाको नमूना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पतालमा १० जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुस्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस