सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरको मनोमानी, नदिजन्य पदार्थको स्टक प्रमाणित नगर्दा निर्माण व्यवसायी मर्कामा

२०७८ असार १५, ०५:०४ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले नदिजन्य पदार्थको स्टक प्रमाणित नगरिदिदा निर्माण व्यवसायीहरु समस्यामा परेका छन्। चालु आर्थिक वर्ष सकिनै लाग्दासमेत  नदिजन्य पदार्थको स्टक प्रमाणित नगरिदिएको निर्माण व्यवसायीहरुको गुनासो छ।

असार मसान्तभित्र भौतिक निर्माणका कामहरु सक्नुपर्ने चटारोका बेला नगरले स्टक नै प्रमाणित नगर्दा समस्या भएको गोदावरीका निर्माण व्यवसायी रमेश बोगटीले दिनेशखबरलाइ बताए। ‘नगरपालिकाको अनावश्यक दुख दिने नियतले गर्दा यो समस्या खडा भएको हो’, उनले भने, ‘हामीले निवेदन दिएर स्टक प्रमाणित गरिदिन आग्रह गरेपनि नगरपालिकाले वेवास्ता गरेको छ। यो नगरपालिकाको मनोमानीले गर्दा  निर्माणका काममा ढिलाई हुने गरेको छ।’ स्टक प्रमाणित नगर्दा आफूहरुबाट एकपटकमा  ६ हजारका दरले प्रहरीले पैसा उठाउने गरेको उनले बताए।  

तर, यता गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले भने नगरपालिकाले स्टक प्रमाणितका लागि सूचना जारी गरेको बताउँदै प्राबिधिक समस्याका कारण नपाइएको हुनसक्ने बताए। व्यवसायीहरुको कागजात नपुगेकोले पनि प्रमाणित नभएको हुनसक्छ। तर, कागजात सहि भएको अवस्थामा स्टक प्रमाणित दिइने उनले बताए।

कमेन्ट लोड गर्नुस