धनगढीमा सडकमै लडेका एक पुरुषको मृत्यु

२०७८ असार १५, ०२:५३
धनगढी : धनगढीमा सडकमा लडेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको सेतोपुल नजिक लडेर बेहोस भएका पुरुषको मृत्यु भएको हो ।
बेहोस भएका उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएको र अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भएको छैन् ।


कमेन्ट लोड गर्नुस