सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिश्रा पोलिक्लिनिक फार्मेसीको अवैध धन्दा, औषधि विभागद्धारा शिल

२०७८ असार १५, ०२:०६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा अवस्थित मिश्रा पोलिक्लिनक फार्मेसीलाई शिल गरिएको छ। फार्मेसीले अवैध रुपमा गुणस्तरहिन औषधि बिक्री वितरण गरेको भन्दै शिल गरिएको हो।

औषधि विभागमा दर्ता नै नगरेर फार्मेसीले अवैध तरिकाले १० महिना अगाडिदेखि पोलिक्लिनक फार्मेसी सञ्चालन गरेको पाईएपछि शिल गरिएको औषधि विभाग व्यवस्था नेपालगन्जले जनाएको छ। औषधि विभाग व्यवस्था नेपालगन्जले गरेको चेक जाँचमा उक्त पोलिक्लिनिक फार्मेसीमा दर्ता नभएको र गुणस्तरहिन औषधि बिक्री वितरण गरेको पाईएको हो।

उक्त फार्मेसीमा दक्ष कर्मचारी समेत नरहेकाले शिल गरेको विभागले जनाएको छ।

कमेन्ट लोड गर्नुस