बैतडीको सुर्नयामा बाघको आतंक
डीआर भट्ट, बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। बाघले सुर्नयाको वडा नम्बर ३ र ४ मा दिनदहाडै बाख्रा खान थालेको छ।
केहिदिन यतादेखि चराउन वन जंगल लगेका बाख्राहरु मार्न बाघले थालेको स्थानीय विष्णु दत्त भट्टले बताए। सुर्नया ३ का वनहरु दारफोडेखान, रुनीघाट, जल्लेकमा चराउन लगेका बाख्रा बाघले मार्ने गरेको उनले बताए।
बाघले सुर्नया–३ का २ जना र वडा नम्बर ४ का एक जना गरी ३ जनाले पालेका ३ वटा बाख्रा खाएको बताइएको छ।
वनमा चराउन लगेका बेला पशुचौपाया मार्न थालेपछि किसान चिन्तित बनेका छन्। बाख्रा खान थालेको बाघ गाउँबस्ती प्रवेश गर्ने भन्दै स्थानीयहरु त्रसित समेत बनेका छन्।