सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडी र मेलौलीमा कोरोनाका सक्रिय संक्रमित शुन्य

२०७८ असार १२, १२:३८ खबर संवाददाता

बैतडी: बैतडीका दुई स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य झरेको छ। पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो।
पुर्चौंडी नगरपालिकाका एक जनाले शुक्रबार कोरोना जितेपछि पुर्चौंडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो। यसअघि मेलौली नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भईसकेको छ। कोरोनाको दोश्रो लहर आएपछि दुई स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । 

अहिले ८ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्लाको पाटन नगरपालिकामा २८ जना, दशरथचन्द नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ५ जना र सुर्नया गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै सिगास गाउँपालिकामा ३ जना, पञ्चेश्वर गाउँपालिकामा ३ जना, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन्। बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस