सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट लडेर किशोरको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असार ११, १०:४९ खबर संवाददाता

डोटी: डोटीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

जिल्लाको बडिकेदार गाउँपालिका–१ का १८ वर्षीय दिपकबहादुर विकको भीरबाट लडेर मृत्यु भएको हो। उनी केहीदिन पहिले जोरायल गाउँपालिका १ झुरकाणास्थित दिदीको घर गएका थिए। 

त्यहाँबाट स्थानीय बजार गोगनपानी गएकोमा घर फर्कने क्रममा घण्टेश्वर सामुदायिक वनको भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस