सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कोरोना संक्रमण दर घट्यो, खाली हुनथाले अस्पतालका श्यया

२०७८ असार १०, ०२:२० खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : कोरोना संक्रमणदर घटेसँगै डडेल्धुराका अस्पतालका श्यया खाली हुँदै गएका छन्।

एक हप्ता अघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखुपर्ने समेत अवस्था थियो। 

दैनिक ठूलो संख्यामा संक्रमित भर्ना हुने डडेल्धुरामा संक्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी डडेल्धुराका अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। 

जिल्लामा संक्रमण दर घटेसँगै अस्पताल अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन्। अस्पतालमा १०४ मध्ये मंगलबार ९८ श्याया खाली भएका छन्।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा संंक्रमित संख्या २०२ जनाको रहेका मध्ये १६५ व्यक्ति उपचार पश्चात निको भएर घर फर्केको डडेल्धुरा अस्पतालका नि.प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारी दिए। 

डडेल्धुरामा अहिले संक्रमितभन्दा कोरोना जितेर घर फर्किनेको संख्या धेरै छ।  दैनिक २ जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदर समेत न्यून भएको छ। 

अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ। कोरोना संक्रमणबाट अस्पतालमा हालसम्म ३१ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस