सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको रातो किताबमा ‘झ्यालबाट आएका बिचौलियाका योजना समावेश गर्दा त्रुटि’

२०७८ असार ९, ०६:२९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा समावेश गरिएका योजनाहरुमा त्रुटि भएको भन्दै सच्याउन माग गरिएको छ।

बजेटमाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेटका कार्यक्रमको शिर्षकमा त्रुटि भएको भन्दै साच्याउन माग गरिएको हो। सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट बिचौलियाको निर्देशनमा झ्यालबाट आएको प्रदेश सभा सदस्यहरुले आरोप लगाएका छन्।

झ्यालबाट आएका योजनाका कारण सुदूरपश्चिम सरकारको योजनाहरुको संख्या धेरै भएको उनीहरुले बताएका छन्। बिचौलीयका कारण योजनामा रकम न्यून भएको उनीहरुको आरोप छ। सुदूरपश्चिम सरकारले बिचौलियालाई खुसी पर्ने न्यून रकमको धेरै योजनाहरु समावेश गरेकाले प्रदेशको विकासमा उनीहरुले आशंका व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारका योजनाहरुमा अधिकांश योजनाहरुमा न्यून बजेट बिनियोजन भएको भन्दै बिरोध भइरहेका बेला कार्यक्रमको शिर्षक मै त्रृटि भएको पाइएको हो।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा पेश गरेको बजेटको कार्यक्रमको शिर्षकमा नै त्रुटि भएको उनीहरुले बताएका हुन्। एक जिल्लाका कार्यक्रम अर्काे जिल्लामा राखिएको प्रदेश सभा सदस्यहरुले बताएका हुन्।

प्रदेश सभा सदस्य शान्ती नेपालीले डडेल्धुराका योजना बझाङ राखिएको बताइन्। उनले भनिन्, ‘बजेटमा थुप्रै प्राविधिक समस्याहरु देखिएका छन्। एउटै योजना तीन–तीन पटक आएको देखिन्छ। डडेल्धुराको योजना बझाङ परेको देखिन्छ। बझाङको ठेगाना बाजुरा गएको देखिन्छ। त्यो हाम्रो प्राविधिक समस्या हो। तर यसलाई सुधार गर्न, संशोधन गर्न किन नपाउने ?’ उनले थपिन, संविधानले प्रयाप्त अधिकार दिएको छ। जनताले जनमत दिएको छ। आएको बजेट जस्ताको त्येस्तै पास गर्नु पर्ने पुरानो अभ्यासलाई चेन्ज गर्नुपर्ने अनिवार्य देख्दछु।’

सुदूरपश्चिम प्रदेश सरकारले बिचौलीया खुसी पार्न झ्यालबाट योजनाहरु समावेश गरेकाले त्रुटि भएको प्रदेश सभा सदस्यहरुको दाबी छ। जनप्रतिनिधिले माग गरेका योजनाहरु रातो किताबमा समावेश नभएका तर बिचौलियाले झ्यालबाट पठाएका योजनाहरुमा रकम विनियोजन गरिएको उनीहरुको तर्क छ।

प्रदेश सभा सदस्य गोविन्द राज बोहराले प्रदेश सरकारका अधिकांस योजनाहरु बिचौलियाका भएका दाबी गरे। उनले भने, ‘यो बजेटलाई हेर्दाै प्राइभेट कम्पनीको कब्जामा भएको देखिएको। यस्तो हुनुहुँदैन। सरकारसंग मेरो अनुरोध हो। यो बजेटलाई करेक्सन गर्नुपर्छ। यस्तै बजेट अगाढी बढाइयो भने, यस्ले सुदूरपश्चिम बासीलाई भलो गर्न सक्तैन।’ आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेटको कार्यक्रमा धेरै योजनामा न्यून बजेट राखिएको भन्दै कार्यान्वयन हुनेमा आशंका समेत व्यक्त गरिएका छन्। नालीसहितका सडक कालोपत्रेका योजनाहरुमा ३ लाख, ५ लाख रकम विनियोजन गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले आक्रोश व्यक्त गरेका हुन्।

पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदील भने, ‘मेरै घर नजिक लक्ष्मण कुरको घरदेखि फलाना खड्काको घरसम्म ४ वटा योजना छन्। मेरै घर नजिक, मलाई थाँ छैन। यसरी पनि हुन्छ ? नालीसहितको कालोपत्रे ५ सय मिटर भन्या छ, रुपैया १० लाख । यसरी पनि विकास हुन्छ ? हामीले योजना साना बनाउने, थोरै बनाउने, पैसा बर्ता दियो भने, योजना पनि समयमै हुन्छन्।’

सुदूरपश्चिम सरकारले कार्यकर्ता खुसी पार्न मात्र आगामी आर्थिक वर्षको बजेटमा योजनाको संख्या धेरै राखिएको उनीहरुको तर्क छ।

यता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेट माथिको सुझावहरु स्वभाविक रहेको बताए। ‘बजेट सत प्रतिशत ठिक छ भनेर दाबी गर्न सक्दैनौ। प्राविधिक समस्या देखिए संशोधन गर्छाै। बजेटमाथिको छलफलमा मान्य ज्यूहरुको सुझाव स्वभाविक हुन्। हामीले ग्रहण गर्नुपर्छ। बजेटमा भएका कमिकमजोरीहरु सच्याउछौ, उनले भने।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस