सुदूर नेपाललाई विश्वसँग जोड्दै

पदमुक्त भएका मन्त्रीहरु पुगे बालुवाटार

२०७८ असार ८, ०६:२५ खबर संवाददाता

काठमाडौं: सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश राणाको इजलासले संविधानको धारा ७७ को उपधारा ३ लाई आधार मानेर २० मन्त्रीलाई पदमुक्त गरेको हो । अदालतको फैसला आएपछि सिंहदरबारमा रहेका केही मन्त्रीहरु त्यहाँबाट सिधै बालुवाटार पुगेका छन् ।

अहिले प्रधानमन्त्री ओलीसँग छलफल चलिरहेको बताईएको छ । नेकपा एमालेले अदालतको फैसलालाई अप्रत्यासित भनेको छ । र, यसले देशको राष्ट्रिय राजनीति थप जटिलतातर्फ अघि बढेको प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।
 

कमेन्ट लोड गर्नुस