सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्चशिक्षाको धारणामा परिवर्तन आउनुपर्छ : उपकुलपति डा. जोशी

२०७८ असार ६, ०४:२५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विर्मसको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

बझाङबाट काठमाडौसम्म पुग्दासम्म तपाईको संघर्ष के रहेको थियो ? 
बझाङमादेखि त्रिभुवन विश्वविद्यालय सम्मको यात्रा सहज पक्कै पनि थिएन। पढाईको कुरा गर्दा हाम्रो पुस्ताले त पढ्न पाउने अवस्था नै थिएन। तर पनि परिवारको सहि चिन्तन र आफ्रनो गहिरो लगावका कारण पढाईलाई अगाडी बढाए। ५० वर्ष पहिले बझाङमा विद्यालय तहको पढाई गर्न केही सीमित विद्यालय मात्रै थिए।

सत्यवादी चौघानपाटाबाट विस २०२८ सालमा एसएलसी दिएको र पहिलोपटक सोही वर्ष बझाङमा एसएलसीको पनि सुरुवात भएको थियो। नत्र त डोटी जानुपथ्र्याे। केही अग्रजहरुले त २०१३ भन्दा पहिले काठमाडाै‌‌ नै गए र परीक्षा दिने गर्नुहुन्थ्यो।

पहिले र अहिलेको दुवै समयसँग परिचित हुनुहुन्छ। यस्तो गरिमामय पदमा पुगेपछि के गर्ने सोच्नुभएको छ ? 
योजना भन्ने त केही पनि थिएन पाईलाहरु मात्रै चालिरहेको थिए। शिक्षा पनि प्लानका साथ लिएको होइन। तर अब के छ भन्ने सवालमा ३२ वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तहमै काम गरेर जब सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपतिको रुपमा आए तब पहिल्यै दिन भनेको थिए ‘साथीहरु म आफनो घर आएको छुँ।’

घर जस्तो सुकै होस्। राम्रो, नराम्रो घर त घर नै हो।  घरलाई सभार्नुपर्छ, सफा राख्नुपर्छ, र सिंगार्नुपर्छ। अनि सुन्दर हुन्छु। यो प्रतिकबाट भन्दै छुः विश्वविद्यालय हिजो अप्ठ्यारोमा थियो। आज पनि अप्ठ्यारोमा नै छ तर म विचलित छैन। मेरो आकांक्षा छ यो विश्वविद्यालयले पनि आफनो अध्ययन, अध्यापन र अनुसन्धानबाट साना–साना प्रयास गर्दै ठुलो गन्तव्यमा पुगोस्। र म आएपछि पहिलो दिन देखिनै मैले यो प्रयास गरिरहेको छु। 

नेपालकै ९औँ स्थानको र विश्वको १२८५६ औं स्थानको विश्वविद्यालयको उपकुलपति हुँ सोच्दा कस्तो लाग्छ ? 
म यो क्रमले विचलित छैन। धेरै किसीमका समस्या हामीसँग थिए र छन्। तर हामीले नयाँ गर्ने प्रयास कति गर्यौ भन्नेकुरा महत्वपूर्ण हो। म आत्मआलोचना बाट सुरु गर्छु।

म प्राध्यापक ज्यू हरुलाई पनि अनुरोध गर्छुः तपाईहरु अध्ययन गर्नुस्। तपाईको अध्ययनले विश्वविद्यालयको अनुसन्धानका विषय र गुणस्तरलाई अगाडी बढाउँछ। अनि विद्यार्थी भाईबहिनाहरुलाई अनुरोध गर्दछु, तपाईहरु लगनशिल भएर पढीदिनुस्। म सुदूरपश्चिम आएपछि एउटा कुरा देखे, नारा लगाउने प्रवृति। यो कम गर्नुस्। 

कुनै पनि विद्यार्थी नारा लगाएर मात्रै माथि जान सक्दैन। पढनुपर्छ, अध्ययन गर्नुपर्छ। अनि मात्रै विद्यार्थीको रेकर्ड राम्रो हुन्छ। त्यसपछि विश्वविद्यालयको क्रम आफैमाथि गइहाल्छ। अर्को कुरा पढाउने शैलीमा परिवर्तन जरुरी छ।

क्रमको विषयमा मलाई खासै चिन्ता छैन। मलाई चिन्ता छ त हामीसँग सार्वजनिक पुस्तकालय छैन भन्नेमा। मेरो सपना छ, एउटा डिजीटल व्यवस्था, अध्ययन कक्षसहितको सुविधासम्पन्न पुस्तालय बनाउन सकु। एउटा व्यवस्थित खेलकुद मैदान बनाउन सकु। शिक्षकहरुलाई बस्ने र अध्ययन गर्ने ठाँउ बनाउन सकु।

बाहिरबाट आउनेहरुलाई पनि आहा ! भन्ने किसीमको वातावरण बनाउन सकु। अनि क्रम स्थान त आइहाल्छ नि। अहिले अनलाइनबाट हरेक हाम्रो क्याम्पस प्रमुखहरुसँग बैठक बस्ने गर्छु। हामी छलफल गर्छौ र सधै निर्देशन दिइरहन्छु। तपाईले भनेको स्थानबाट बिस्तारै माथि उक्लिदै छौं।

विद्यार्थीको संख्या बिस्तारै घटिरहेका छन् र शुल्क बढीरहेको छ के कारणले हो ?
सबैभन्दा पहिले उच्चशिक्षाको धारणामा परिवर्तन आउनुपर्छ। सबै विद्यार्थीलाई भर्ना गरेर, विद्यालय बनाएर गुणस्तर कायम हुन्छ भन्ने हुँदैन। त्यसैले उच्च शिक्षा अधिकार भन्दापनि सक्नेले जाने हो। 

विश्वमा गुणस्तर भएका विश्वविद्यालयहरुमा प्रतिस्पर्धाको निश्चित सिमा निर्धारणपछि मात्रै भर्ना गरिन्छ। तर नेपालमा यो चलन कुनैपनि विश्वविद्यालयमा छैन। विद्यार्थी गर या मरको स्थितीमा हुन्छ तब मिहिनेत गर्छ र सफल हुन्छ। 

यहिँ नेपालमा पनि मेडिकल या ईन्जिनियरिङका विद्यार्थी यसका उदाहरण हुन्। उनीहरु लगानीकै लागि पनि पढछन्। हाम्रो विश्वविद्यालयमा सेमेस्टर प्रणाली छ।

जहाँ विद्यार्थीको मुल्याङकन फरक–फरक तरिकाले गरिन्छ। अन्तिम परिक्षामा मात्रै सबै भार पुर्याईदैन। त्यसैले यो प्रणाली नै महंगो छ।  शुल्कको सवालमा सरकारले शिक्षक र कर्मचारीको टाउको गनेर तलब र थोरै भैतिक संरचना निर्माणको लागि मात्रै रकम दिन्छ। बाँकी सबै  विश्वविद्यालयले नै जोहो गर्नुपर्छ। 

विश्वविद्यालयका विद्यार्थी कति कहाँ पुगे, केही भन्न सकिने अवस्था छ ? 
केही समयभित्र हाम्रा विद्यार्थी कहाँ–कहाँ पुगेका छन् त्यो जानकारी सार्वजनिक रुपमा नै राख्छौ। हामी यसलाई व्यवस्थित बनाउँदै छौ। समग्रमा व्यवस्थापन र ईन्जिनियरिङका दुई तिन बेन्च राम्रै पेशामा लागि सकेकाछन। कोही पनि बेरोजगार छैन।

विश्वविद्यालयको पुँजीगत अर्थात भौतिक सम्पतिको सदुपयोग कसरी गर्ने सोच्नुभएको छ ?
हामीसँग विभिन्न संकायहरु छन्। अहिले फेरि कानुन विषयको पनि अध्यापन सुरु गर्दै छौ।  यदि नेपाल सरकारले हामीसँग सुदूरपश्चिम भरीको लागि विउ उत्पादन गर्न समन्वय गर्ने हो भने हामी त्यसका लागि तयार छौँ। 

टिकापुर कृषि क्याम्पसको ३८० विघा मध्ये अहिले करिब ८० विघा जती मात्रै हामीसँग छ। यसमा पनि प्रयोग ल्याईदिन सरकारले सहयोग गरिदिनुपर्यो। त्यसैले यो एउटा कृषिको उदाहरण मात्रै हो। 

अहिले प्रदेश सरकारका केही मन्त्रीहरुले सहयोग गरिरहनुभएको छ। भैँसी पालनका लागि फार्म निर्माण भइरहेको छ भने माछापालनको लागि पनि तयारी हुँदैछ, कार्यक्रम आउदैछन्। 

कमेन्ट लोड गर्नुस