सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

२०७८ असार ५, ०५:४२ खबर संवाददाता

बैतडी: बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ की २४ वर्षीया सुनीता पेलाको भीरबाट लडेर मृत्यु भएको हो। 

शनिबार बिहान ११ बजेतिर घरभन्दा करिब ५ सय मिटर टाढा जंगलमा घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिइन्। 

घाइते उनलाई उपचारका लागि स्थानीय गीरेगडा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस