सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका मेयर हमालको 'रक्सी काण्ड'को भित्रि रहस्य: कैलालीमा ‘बाख्रा’ अनुदान दिएको खुलासा

२०७८ असार ५, ०३:१७ कमल सावद

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा १५ लाखको बाख्रा पालन र १५ लाखको माछा पालनको पकेट कार्यक्रम सञ्चालन गर्दै छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत नगरपालिकाले १५/१५ लाख बजेट बाख्रा र माछा पालन पकेट कार्यक्रम सञ्चालनका लागि शसर्त अनुदान पाएको हो। नगरपालिकाले १० भन्दा बढी बाख्रा भएकालाई ठूला किसान र १० भन्दा कम बाख्रा भएकालाई साना किसान भनेको छ। नगरपालिकाको मापदण्ड अनुसार ठूला किसानलाई ५० हजार र साना किसानलाई ३८ हजार बाख्राको खोर निर्माणका लागि अनुदान दिने भनिएको छ। 

१५ दिने बाख्राको खोर सुधार अनुदानको लागि सूचना जारी गरेको नगरपालिकाले अनुदान पाउँने किसनहरुको सूची समेत सार्वजनिक गरेको छ। उनीहरुलाई असार १० गतेभित्र खोर निर्माणको काम सक्न भनिएको छ। १० गतेपछि नगरपालिकाका प्राविधिकले खोरको स्थलगत अनुगमनमा जानेछन्। 

तर नगरपालिकाले कैलालीमा बाख्राको खोर भएका किसानलाई अनुदान दिने सूचीमा नाम राखेको पाइएको छ। नगर प्रमुख कर्णबहादुर हमालले कैलालीको गोदावरीमा खोर भएका बिनोद भटराईलाई अनुदान पाउने किसानको सूचीमा समावेश गराएका हुन्।

बाख्राको अनुदान पाउने सूचीमा १४ जना छनोट भएका कृष्णपुर नगरपालिकाका पशु चिकित्सक मानबहादुर केसीले बताए। उनले भटराईको नाम अनुदान पाउनेको सूचीमा रहेको बताए। 

उनले दिनेशखबरसँग भने, “उहाँले अनुदान पाउनु भएको छैन्। तर पाउने सूचीमा उहाँ पर्नुभएको छ। १० गतेसम्मका लागि समय दिएका छौ। १० गतेभित्र खोर निर्माण भए, अनुदान पाउनुहुन्छ।” 

कैलालीमा खोर भएका भटराईले अनुदान पाएको भन्दै मेयर हमाललाई 'रक्सी पाटी' समेत दिएको स्रोतले बताएको छ। बिहीबार कैलालीको गोदावरीमा होटल सञ्चालकलाई गरेको दुव्र्यवहारमा भटराईलाई अनुदानको कार्यक्रम दिलाएबाफत उनले 'रक्सी पाटी' दिएको स्रोतको दाबी छ।

तर बिनोद भटराईले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बाख्राको खोर निर्माण गरेको दिनेशखबरलाई बताए। पछि उनले कृष्णपुर नगरपालिकामा अनुदानका लागि निवेदनसमेत नदिएको जिकिर गरेका छन्। उनले भने, “मैले अनुदानका लागि नगरपालिकामा निवेदन नै दिएको छैन्। डकुमेन्ट नै पेश गरेका छैन। अनुदान कहाँबाट पाउँला ? तपाई गएर चेक गर्दा हुन्छ।” 

उनी कृष्णपुर नगरपालिका वडा नम्बर ६ का स्थानीय हुन्। तर उनको घरमा बाख्रा छैनन्। उनले निषेधाज्ञा भएकाले कैलालीको गोदावरीमा बाख्रा लिएको बताए। कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन। उनी रक्सी काण्डमा मुछिएपछि सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन्। 

सम्बन्धित सामाचारः

कृष्णपुरका नगरप्रमुखले शिर झुकाउने काम गरे, तुरुन्त राजीनामा दिनूस : कांग्रेस

कृष्णपुर नगर प्रमुख हमालको दादागिरी, राति होटल मालिकसँग रक्सी माग्दै दुव्र्यवहार

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस