कृष्णपुरका नगरप्रमुखले शिर झुकाउने काम गरे, तुरुन्त राजीनामा दिनूस : कांग्रेस
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले होटल सञ्चालकमाथि गरेको दुव्र्यवहारको घटताप्रति नेपाली कांग्रेस नगर समितिले आपत्ती जनाएको छ।
सरकारी नम्बर प्लेटकोे गाडीमा सवार मेयर हमालसहितका ४/५ जनाको समूहले बिहीवार राति अत्तरियाका एक होटलका सञ्चालकसँग रक्सी माग्दै दुव्र्यवहार गरेको घटनाले सम्पूर्ण कृष्णपुवासीको शिर झुकाउने काम गरेको भन्दै आफ्रनो ध्यानाकर्षण भएको कांग्रेसले जनाएको हो।
नगर समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गरीब, निमुखा, श्रमजीवीको हकहित दुहाईदिने कम्युनिष्टहरुले शक्ति र स्रोत आर्जन गरेपछि कुन हदसम्म जानसक्छन् भन्ने प्रष्ट भएको छ। यस घटनाले सम्पूर्ण कृष्णपुरवासीको शिर झुकाएको छ। कृष्णपुरका राजनैतिक, सामाजिक क्षेत्रमा काम गरिरहेका सम्पूर्णको अपमान हुने यस्ता कार्यहरु तत्काल रोक्न हाम्रो माग छ।’
साथै नगर सभापति भक्तबहादुर खत्रीले नगरप्रमुखले नैतिकताका आधारमा राजीनामा दिएर कृष्णपुरवासीको स्वाभिमान बचाउन आग्रह गरेका छन्। यस्तै उनले सरोकारवाला निकायले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेका छन्।
यस्तै सोही नगरपालिकाको नगर प्रमुखका उम्मेद्वार रहेका हेमराज ओझाले सञ्चारमाध्यममा घटनाबारे समाचार आएको २४ घण्टाभन्दा बढी भइसकेको अवस्थामा पनि स्पष्टिकरण नआएकाले उक्त घटना सत्य नै सावित भएको ठहर्याएका छन्। उनले नगरप्रमुख हमाललाई सत्यतथ्य सार्वजनिक गर्न समेत विज्ञप्तिमार्फत चुनौती समेत दिएका छन्।
बिहीबार राति १० बजेको समयमा रक्सीले मात्तिएका नगरप्रमुख हमालसहितको टोलीले कैलालीको गोदावरी बजारमा रहेको गौरव होटलका सञ्चाक विष्णुदेव गिरीसँग रक्सी माग्दै धम्काएका थिए।
सम्बन्धित समाचार
कृष्णपुर नगर प्रमुख हमालको दादागिरी, राति होटल मालिकसँग रक्सी माग्दै दुव्र्यवहार