डोटीमा पहिरोमा आएको ढुंगा लागेर बालक घाइते
डोटी: डोटीमा पहिरोमा आएको ढुंगा लागेर एक बालक घाइते भएका छन्।
शनिबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैन बस्ने गोरख लुहारका ११ वर्षीय छोरा दिपक विकलाई पहिरोमा आएको ढुंगा लागेको हो।
बाख्रा चराउन गएका बेला एक्कासी पहिलो जाँदा माथिबाट आएको ढुंगाले विकको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
ढुंगा लागेर घाइते भएका उनलाई सुजङ अस्पतालमा सामान्य उपचारपछि धनगढी पठाइएको प्रहरीले बताएको छ।