सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल निजामती कर्मचारी युनियनद्वारा स्वास्थ्य सामग्री सहयोग

२०७८ असार ५, ११:५७ खबर संवाददाता

धनगढी: नेपाल निजामती कर्मचारी युनियन(संघ)ले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन शुक्रबार युनियनले जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीलाई सामग्री सहयोग गरेको छ। 

निजामती कर्मचारी युनियन(संघ)ले पिपिई १० थान, फेस सिल्ड सय थान, सर्जिकल मास्क २ हजार थान, स्यानिटाइजर २ हजार ५० मिलिलिटर र ग्लोब्जस् तिन प्याकेट सहयोग गरेको हो।

नेपाल निजामती कर्मचारी युनियन (संघ) भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालय विभागिय कार्य समितीको सर्भेयर विपद कोषमार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको नापी कार्यालय डडेल्धुराका कर्मचारी अनिल ओझाले बताए।

कमेन्ट लोड गर्नुस