दोस्रो बेहडाबाबा फुटबल प्रतियोगीतामा आज तिन खेल
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १६ बेहडाबाबामा भईरहेको दोस्रो बेहडाबाबा फुटबल प्रतियोगीतामा आज तिन खेल भएका छन। आज भएको पहिलो खेलमा क्याम्पस रोड ११ फुटबल क्लव बिजयी भएको छ। मउण्टेन एभरेष्टलाई २–० गोल अन्तरले पराजित गर्दै क्याम्पसरोड विजयी भएको हो। दोस्रो खेलमा नेपाल प्रहरीले जनजाग्रीती फुटबल क्लवलाई १४–० गोलको फराकिलो अन्तरले हराएको छ। तेस्रो खेलमा स्पीड युवा क्लव ३–२ गोल अन्तरले ट्राईबेकरमा विजयी भएको छ। फुटबल प्रतियोगिता कार्तिक १७ गते सम्म सञ्चालन हुने आयोजक स्पीड युवा कल्वका सह–सचिब गिरिराज भट्टले जानकारी दिए।