सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिर्ण भवन र खिया लागेको उपकरणबाट स्वास्थ्य सेवा

२०७५ कार्तिक ९, १०:२२ प्रकाश सिंह

बैतडीको सिगास गाँउपालिका–९ मा रहेको चौखाम स्वास्थ्य चौकी र काकडा प्रसुती गृह जिर्ण भवन र खिया लागेको उपकरणवाट स्वास्थ्य सेवा सञ्चालन गरिरहेकोछ । स्वास्थ्य चौकीको भवन भत्किने अवस्थामा छ भने खिया लागेका उपकरणमाबाट स्वास्थ्य सेवा प्रवाह भईरहेको स्वास्थ्य चौकी ईन्चार्ज हेमन्तसिंह साउँदले बताए । २०५३ सालमा स्थापना भएको तीन कोठे भवन पानी पर्दा चुहिने गरेकोे गरेको स्वास्थ्य चौकीले जनाए । भवनको सबै कोठामा, झ्याल, ढोकामा पनि धमिरा लागेको छ र सुत्केरी गराउने बेडमा खिया लागेको छ, त्यसैमा सेवा दिईरहेको ईन्चार्ज साउँदले वताए ।

जिर्ण रहेको भवन भत्किन सक्ने अवस्थामा रहेको छ । सामान्य भुकम्प आएपनि पनि भवन भत्किने अवस्थामा रहेको छ, कुन दिन भत्कने हो चिन्तै चिन्ताले उपचार गर्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । स्वास्थ्य चौकीमा भएका प्रसुती टेवल, प्रसुती गराउन प्रयोग गरिने उपकरणहरु पनि खिया लागेको अवस्थामा रहेका छन् । स्वास्थ्य चौकीको यो अवस्थामा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सकिने अवस्था नरहेको इन्चार्ज साउँदले वताए । महिनामा चारदेखि पाँच जना सुत्केरी सेवा लिन आउने गरेका छन् । त्यही खिया लागेको बेड र खिया लागेको उपकरणबाट सेवा दिदै आएको स्वास्थ्यकर्मीले वताए । स्वास्थ्य चौकीमा पनि खानेपानीको निकै अभाव रहेको छ । दैनिक उपचारमा प्रयोग हुने उपकरण थर्मामिटर, रक्तचाप नाप्ने, तौल नाप्ने उपकरण समेत विग्रिएको स्वास्थ्य चौकीले जनाएको छ । 

स्वास्थ्य चौकीको भवन जिर्ण हँुदा आफुहरुलाई सेवा लिन धेरै समस्या हुने गरेको स्थानीय पुष्करबहादुर चन्दले बताए । भवनको कारण आफुहरु सेवा लिन स्वास्थ्य चौकी जान डराउने गरेको छौ– चन्दले थपे । स्वास्थ्य चौकीको समस्या बारे वडा अध्यक्ष लक्ष्मीदेवी चन्दले वडा कार्यालयलाई अख्तियारी नभएकोले केही गर्न नसकेको बताएकी छन् । उनले गाउँपालिका लगायतका निकायसँग स्वास्थ्य चौकीको समस्या समाधानको लागि पहल गरिरहेको बताएकी छन् । त्यस्तै चौखाम स्वास्थ्य चौकी अन्तर्गत रहेको काकडा सुरक्षित प्रसुती केन्द्रमा पनि जिर्ण भवन, खिया लागेको बेड र उपकरण अभावमा सेवा दिईरहेको केन्द्रमा कार्यरत अनमी उत्तमा पनेरुले वताए । महिनामा दुई तीन जना सुत्केरी सेवा लिन आउने गर्छन्, खिया लागेको बेड र उपकरणबाट सेवा दिदै आएका छौं– पनेरुले वताईन् । प्रसुती केन्द्रमा बिजुली समेत नहुँदा राती मोवाईलको टर्च बालेर सुत्केरी सेवा दिनु परेको उनले वताईन् । प्रसुती केन्द्रमा शौचालय छैन्, शौचालय नहुँदा बिरामीले खुला ठाँउमा सौच गर्नु परेको छ – अनमी पनेरुले थपिन् । जिल्ला स्वास्थ्य कार्यलय बैतडीका प्रमुख डाक्टर जगदिश बिष्टले भने सबै जिम्मा स्थानीय तहको भएको र त्यसको व्यवस्थापन अनुगमनको जिम्मा पनि स्थानीय तह नै गर्नुपर्ने बताए । 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस