सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खुकुलो पार्दै थपियो निषेधाज्ञा

२०७८ जेठ ३०, ०५:२६ खबर संवाददाता

डडेल्धुराः कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने छ। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। 

यस्तै खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए।

यसअघि हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने निर्णय गरेको थियो। अब सातै दिन खुला हुने भएका हुन्।

यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ। अब बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्।
 

कमेन्ट लोड गर्नुस