सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी

२०७८ जेठ ३०, ०५:२० रासस

डडेल्धुरा: डडेल्धुरामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ।  

पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। 

जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी १७८ जना सक्रिय  सङ्क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा एकजना मात्रै सङ्क्रमित पुष्टि भएको उनले बताए। सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन्। 

सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ।

कमेन्ट लोड गर्नुस