सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरायसी विवादका कारण दीपकले गरे दिपिकामाथि तेजाव प्रहार

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ ३०, ०८:५७ खबर संवाददाता

काठमाडौं: रौतहटको चन्द्रपुर नगरपालिका -७ का ४२ वर्षीय दिपक विश्वकर्माले घरायसी विवादका कारण आफ्नै श्रीमती ३८ वर्षीया दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घरायसी विषयमा विवाद हुँदा दीपकले सुन सफा गर्न प्रयोग गरिने तेजाब प्रहार गरेका हुन्। उनी चन्द्रनिगाहपुरमा गहना पसल सञ्चालन गर्दै आएका आइरहेका छन्।

तेजाब प्रहारबाट घाइते दिपिकाको चन्द्रनिगाहपुरमै रहेको एपोलो अस्पतालमा उपचार भइरहेको र दीपकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस