सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा पार्क निर्माणका लागि विनियोजित ४ करोड ९४ लाख उपयोगविहीन

२०७८ जेठ २९, ०६:२९ खबर संवाददाता

अत्तरियाः  कैलालीको अत्तरियामा पार्क निर्माणको काम अलपत्र परेको छ। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत तोकिएको गोदावरी नगरपालिकाभित्र सुविधासम्पन्न पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन गरिएको थियो। तर निर्माणले गति नलिदा विनियोजित बजेट उपयोगविहीन बन्न पुगेको हो।

गोदावरी नगरपालिका–१ अत्तरियामा पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको साझेदारीमा यसअघि बजेट विनियोजन भएको थियो।

संघीय मन्त्रालयको ७० प्रतिशत ३ करोड २२ लाख र गोदावरी नगरपालिकाको ३० प्रतिशत १ करोड ७२ लाख गरी आधुनिक र प्रदेशकै नमुना पार्कको रूपमा विकास गर्ने उद्देश्यले बजेट विनियोजन भएको थियो।

‘हामीले यसअघि नै पार्क निर्माणका लागि विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पर्यटन मन्त्रालयमा पेस गरेका थियौं’, गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भने।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाउनु पर्नेमा कुनै काम हुन नसकेको स्थानीयले बताएका छन्।

नगरपालिकाको कार्यपालिका बैठकबाट नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्र निर्माणका लागि सिफारिस गरेकामा अत्तरिया पार्क छनोटनमा परेको थियो।

सुरक्षा सामुदायिक वन क्षेत्रमा पर्ने उक्त क्षेत्रमा पार्क निर्माणका लागि १२ बिघा छुट्याइएको भएपनि कोरोना भाइरसका कारण बाँकी काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

नगरपलिकाले यसअघि पार्क निर्माणका लागि केही भागमा पर्खालसमेत लगाएको थियो।
 

कमेन्ट लोड गर्नुस